Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

१९ अंक बढ्यो नेप्से, ६ कम्पनीमा १० प्रतिशतको वृद्धि

१९ अंक बढ्यो नेप्से, ६ कम्पनीमा १० प्रतिशतको वृद्धि


  • 638
    Shares

    • images
    १९ अंक बढ्यो नेप्से, ६ कम्पनीमा १० प्रतिशतको वृद्धि

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १९.७० अंकले बढेर २,८५१ को विन्दुमा कायम भएको छ । 

    आज १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको घटेको छ। आज दिनभरिमा ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ ।

    बजारका धेरैजसो समूहगत सूचक बढेको छ । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९४ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ ०.७६, विकास बैंक ०.९०, फाइनान्स १.१२, होटल तथा पर्यटन १.००, हाइड्रोपावर ०.७५, लगानी ०.५६, जीवन बीमा ०.५२, माइक्रोफाइनान्स ०.५१, निर्जीवन बीमा ०.७६ र व्यापार समूह ०.७४ प्रतिशत बढेको छ । अन्य समूह ०.५५ प्रतिशत घटेको छ।

    ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

    आज यस कम्पनीको ४८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । अपि पावरको ४० करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल र कुमारी बैंक छन् ।

    17.jpg

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - १५:२८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij