Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रतिनिधिसभा विघटनविरुद्ध २९ रिट दर्ता, देउवालाई प्रधानमन्त्री बनाउन मात्र २६ वटा

प्रतिनिधिसभा विघटनविरुद्ध २९ रिट दर्ता, देउवालाई प्रधानमन्त्री बनाउन मात्र २६ वटा


  • 6.5K
    Shares

    प्रतिनिधिसभा विघटनविरुद्ध २९ रिट दर्ता, देउवालाई प्रधानमन्त्री बनाउन मात्र २६ वटा

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा २९ वटा रिट दर्ता भएका छन् ।

    संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सरकारले उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने, उपधारा ५ बमोजिम १ सय ४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको दावी गर्न गएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने र प्रतिनिधिसभा पुनःस्थापना गनुपर्ने लगायतका माग राख्दै सर्वोच्च अदालतमा २९ वटा रिट दर्ता भएका अदालतका सह–रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिनुभयो ।

    २९ मध्ये २६ वटा रिटमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने माग गरिएको छ । रिटहरूमा सरकार बन्ने आधार हुँदा–हुँदै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको उल्लेख गरिएको छ ।

    यस्तै ३ वटा रिटमा भने संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गर्नुपर्ने माग गरिएको छ । दलीय व्यवस्थाअन्तर्गको राज्य सञ्चालन प्रणालीमा १ सय २१ सांसद रहेको नेकपा एमाले र ३२ सांसद रहेको जनता समाजवादी पार्टी गरी कुल १ सय ५३ सांसदको समर्थन हुँदा पनि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त नगरेको विषय समेटिएको छ ।

    शुक्रबारदेखि परेको रिटको अध्ययन गरी सर्वोच्चले आज मात्रै दर्ता गरेको हो ।

    यसअघि पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विषयमा बहस गर्न सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो । सर्वोच्च अदालतले २ महिना लामो बहसपछि प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेको थियो ।

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - १७:११:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij