Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजारमा दाेहाेराे अंककाे सुधार, कारोबार रकम १३ अर्ब १६ करोड माथि

शेयर बजारमा दाेहाेराे अंककाे सुधार, कारोबार रकम १३ अर्ब १६ करोड माथि


  • 1.5K
    Shares

    शेयर  बजारमा दाेहाेराे अंककाे सुधार, कारोबार रकम १३ अर्ब १६ करोड माथि
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर २,९५० को विन्दुमा कायम भएको छ । 

    आज १७८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४३ कम्पनीको ३ करोड ४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ । 

    १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ।

    त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.८४ प्रतिशत घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको हो।

    यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

    आज सबैभन्दा धेरै एनआरएन कम्पनीको ९४ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानलको ७१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    12.JPG

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १५:२५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij