Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

आजको राशिफल । २०८२ चैत्र १२ गते बिहिवार

आजको राशिफल । २०८२ चैत्र १२ गते बिहिवार


  • 3.2K
    Shares

    आजको राशिफल । २०८२ चैत्र १२ गते बिहिवार

    २०८२ चैत १२ गते  बिहिवार

    Mar 26, 2026
    चैत शुक्ल अष्टमी
    शक संवत् १९४७, नेपाल संवत् ११४६
    विश्व मौसम विज्ञान दिवस

     

    मेष : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी शान्त रहेकाले काम सहज बन्नेछ।

    वृष : दिन राम्रो छ। धन बढ्ने छ। शिक्षामा प्रगति हुनेछ। विदेशतर्फ मन आकर्षित हुने योग छ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन : दिन सामान्य छ। आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ। बोल्नु भन्दा अगाडि तीन पटक सोच्नु उचित हुन्छ। बन्धुसँगको साझेदारीले फाइदा हुनेछ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ।

    कर्कट : दिन सामान्य छ। साथीले असहयोग गर्नेछन्। राजनीतिमा अगाडि नबढ्नु राम्रो हुन्छ। आलोचना गर्ने साथीको संख्या बढ्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारभित्र सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ।

    सिंह : दिन सामान्य छ। कामको बोझ थपिने छ। बोल्दा तीन पटक सोच्नु राम्रो हुन्छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ। राजनीतिक क्षेत्रमा अगाडि बढेर निर्णय नगर्नु राम्रो हुन्छ।

    कन्या : दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले आफन्तको साथ मिल्नेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। गुरुसँग सल्लाह लिएर काम गर्नु उचित हुन्छ। निजी क्षेत्रको लगानीबाट नाफा हुनेछ।

    तुला : दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। शिक्षा र राजनीतिक क्षेत्रबाट भने लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सेवाको असर मिल्नेछ। परिवारभित्र भने मनमुटाव बढ्नेछ।

    वृश्चिक : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। गुरुसँगको भेटले सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। स्वास्थयको विशेष ख्याल गर्नुपर्ने दिन छ।

    धनु : तपाईंका लागि आजको दिन धेरै राम्रो छ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। विपक्षी साथी बौद्धिक भएकाले विरोधको आवाज सुन्नुपर्ने छ। तपाईंको विजयमा भने कसैले अवरोधन नगर्ने देखिन्छ।

    मकर : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्ने समय छ। स्वदेशमा विकल्प देखेर खुशी बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। धार्मिक कुरामा अविश्वास बढ्नेछ।

    कुम्भ : दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। साथीसँग सानासाना कुरामा मनमुटाव हुनेछ। बोल्नु अगाडि सोच्नु उचित हुनेछ। शिक्षामा ढिलासुस्ती हुने जोखिम छ। स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन्।

    मीन : दिन राम्रो छ। यात्रामा अनावश्यक खर्च भए पनि तपाईंको नामको चर्चा हुनेछ। परिावारभित्र भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

    तपाईको दिन शुभ रहोस्

    images
    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - ०२:२९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij