Logo

२०८३ बैशाख २६ गते शनिवार

२०८३ बैशाख २६ गते शनिवार

सुनकाे मूल्य घट्ने क्रम जारी, चाँदीको मूल्य भने बढ्यो

सुनकाे मूल्य घट्ने क्रम जारी, चाँदीको मूल्य भने बढ्यो


  • 1.3K
    Shares

    सुनकाे मूल्य घट्ने क्रम जारी, चाँदीको मूल्य भने बढ्यो

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको हो ।

    यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७३ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो चैत ९ गते सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ८० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चैत ९ गते चाँदी तोलामा ४४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

     

     

     

    images
    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - ११:०५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij