२०८२ चैत्र ४ गते बुधवार
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेले बेल्जियन टी–२० क्रिकेट लिग इयुटी–२० बेल्जियम खेल्ने भएका छन् ।
बुधबार इयुटी–२० बेल्जियमको ६ मध्येको एक टिम लिइज रेड लायन्सले प्रतियोगिताको निम्ति अनुबन्धित गरेको जनाएको हो ।लायन्सले उनीअघि अस्ट्रेलियाका ब्याटर क्रिस लिन र अमेरिकाका कोरे एन्डरसनलाई अनुबन्धित गरिसकेको जनाएको छ ।
यो प्रतियोगिताको पहिलो संस्करण हो । प्रतियोगितामा एन्टवेर्प एन्चोर्स, जेबी ब्रुगेस, लिइज रेड लायन्स, रोयास ब्रुसेल्स, घेन्ट, लेउभेन गरी ६ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij