Logo

२०८२ फाल्गुण १४ गते बिहिवार

२०८२ फाल्गुण १४ गते बिहिवार

ग्यालेक्सी अनप्याक्ड २०२६ को विश्वव्यापी सार्वजनिकिकरण हुँदै

ग्यालेक्सी अनप्याक्ड २०२६ को विश्वव्यापी सार्वजनिकिकरण हुँदै


  • 463
    Shares

    ग्यालेक्सी अनप्याक्ड २०२६ को विश्वव्यापी सार्वजनिकिकरण हुँदै

    काठमाडौं । सामसङले आफ्नो मोबाइल प्रविधिको विकासमा नयाँ आयाम थप्दै ‘ग्यालेक्सी अनप्याक्ड’ कार्यक्रमको अर्को संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ।

    विश्वभर निकै चासोका साथ पर्खिएको यो विशेष कार्यक्रम आगामी २५ फेब्रुअरी २०२६ मा राति ११:४५ बजे विश्वव्यापी रूपमा सीधा प्रसारणमार्फत सार्वजनिक गरिनेछ। यस कार्यक्रमले सामसङको नवप्रवर्तनको यात्रालाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

    यस कार्यक्रममा ब्रान्डका मोबाइल प्रविधिमा भएका नवीनतम प्रगतिहरू प्रदर्शन गरिनेछन्, जसले प्रयोगकर्ताहरूलाई दैनिक जीवन सहज बनाउन डिजाइन गरिएका बुद्धिमान, AI-समर्थित अनुभवहरूको नयाँ युग प्रस्तुत गर्नेछ। 

    ग्यालेक्सी अनप्याक्ड सँधै नवीनतम आविष्कारहरूको मञ्च रहिआएको छ, र यस वर्ष पनि यसले अत्याधुनिक डिजाइन, शक्तिशाली प्रदर्शन, र स्मार्ट इकोसिस्टम इंटिग्रेशन मार्फत आफ्नो परम्परा निरन्तरता दिने वाचा गरेको छ।

    आगामी लन्चबारे टिप्पणी गर्दै सामसङ, डिभिजनका डाइरेक्टर, श्री प्रणय रत्न स्थापितले भने, ग्यालेक्सी अनप्याक्ड’ ले हाम्रो अर्थपूर्ण नवप्रवर्तन प्रति प्रतिबद्धताको प्रतिनिधित्व गर्दछ, जसले दैनिक जीवनलाई अझ सहज बनाउँछ। यस लन्च बाट हामी यस्तो प्रविधि प्रस्तुत गर्न उत्साहित छौं, जुन केवल शक्तिशाली नभई प्रयोगकर्ताहरूको आवश्यकतासँग बुद्धिमानीपूर्वक अनुकूलन गर्छ, र उनीहरूको अनुभवलाई पहिलेभन्दा अझ सहज, जोडिएको, र व्यक्तिगत बनाउँछ।”

    प्रत्यक्ष स्ट्रिमिङ हुने यो कार्यक्रम संपूर्ण नेपालभरका दर्शकहरूले पहुँच गर्न सक्नेछन्, जसले गर्दा दर्शकहरू न्बबिहथ नवप्रवर्तनको भविष्यलाई गलायमिष्लन हुँदै गरेको हेर्ने पहिलोहरूमा पर्ने अवसर प्राप्त गर्नेछन्। 

     

    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - १५:१९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij