२०८२ फाल्गुण २ गते शनिवार
काठमाडौं । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड ६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
चलचित्र वितरक रोहित कट्टेलले सोही अवधीमा नेपालबाहिर एक करोड ६६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको बताएका छन् । नेपालभित्र र बाहिर गरेर ‘आ बाट आमा’ले १४ दिनमा करिब पौने नौ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
माघ १६ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले नौ दिनमा गत शनिबार रातिसम्म चार करोड ८० लाख ९० हजार रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्डले तथ्यांक सार्वजनिक गरेको थियो ।
‘आ बाट आमा’मा पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्टलगायतको अभिनय छ ।
‘आ बाट आमा’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । कथा पनि निर्देशक पन्तकै छ । अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । चलचित्रलाई नवराज उप्रेतीले खिचेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij