Logo

२०८२ माघ २८ गते बुधवार

२०८२ माघ २८ गते बुधवार

निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो


  • 603
    Shares

    निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १०.२५ अंकले घटेर २,६६२ को विन्दुमा कायम भएको छ । 

    आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६१ करोडको शेयर कारोबार भएको हो । 

    १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशत घटेको छ।

    आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको कम्पनीको ४५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी पावरको ३८ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन कालिञ्चोक दर्शनको शेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने आरबिबि फोकस ४० को इकाईमूल्य ४ प्रतिशत बढेको छ।

    27.JPG

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १५:४०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij