२०८२ भाद्र २४ गते मंगलवार
भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ७६ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७६ हजार ११० नयाँ संक्रमित थपिँदा कोभिड–१९ बाट तीन हजार ८७४ जनाको ज्यान गएको छ ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या ३१ लाख २९ हजार ८७८ रहेका छन् । अहिलेसम्म भारतमा कोभिड–१९ बाट दुई लाख ८७ हजार १२२ जनाको ज्यान गइसकेको छ ।
कुल संक्रमितको संख्या दुई करोड ५७ लाख ७२ हजार चार सय भन्दा धेरै संक्रमित भएका छन् । अहिलेसम्म १८ करोड ७० लाख ९ हजार ७९२ जनाले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij