Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

गोरखाको हिमाली भेगका केन्द्रमा मतदान सकियो

गोरखाको हिमाली भेगका केन्द्रमा मतदान सकियो


  • 260
    Shares

    गोरखाको हिमाली भेगका केन्द्रमा मतदान सकियो

    काठमाडौं । गोरखाको हिमाली भेगका केन्द्रहरूमा मतदान करिब सकिएको छ । १०० तथा त्योभन्दा कम मतदाता रहेका केन्द्रमा मतदान करिब सकिएको त्यहाँ खटिएका कर्मचारीले बताएका छन् ।

    “यहाँ १२ बजेतिरै मतदान सकिएको हो, तर ५ बजेसम्म कुरेर बस्नुपर्छ भनेर पर्खेर बसेका छौँ,” पातीस्थित फिलिम आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले भने, “कुल १९८ मतदाता हुन्, १३८ मत खस्यो । पार्टीका प्रतिनिधिहरूले भोट हाल्न आउने मतदाता करिबकरिब यति नै हो भनेका छन् ।”

    सर्स्युंस्थित सिदुङ आधारभूत विद्यालय केन्द्रमा पनि मतदान सकिएको छ । यो केन्द्रमा कुल १४५ मतदाता छन् । ८६ मत खसेपछि मतदाता आउन रोकिएका मतदान अधिकृत प्रकाश काफ्लेले जानकारी दिए । उनले पनि बेलुका ५ बजेसम्म कुर्नुपर्ने नियमानुसार कुरेर बसिरहेको बताए ।

    क्वाक आधारभूत विद्यालय केन्द्रमा पनि मतदान सकिएको छ । यहाँ कुल १०० मतदाता छन् । ४० मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत विपीन रेग्मीले जानकारी दिए । 

    १११ मतदाता रहेका छाक आधारभूत विद्यालय केन्द्रमा पनि मतदान सकिएको मतदान अधिकृत रमेश ढकालले बताए । उनका अनुसार, त्यहाँ ५५ मत खसेपछि मतदाता आउन छाडेका हुन् । 

    १०४ मतदाता रहेका साम्दो आधारभूत विद्यालय केन्द्रमा बिहान ११ सम्म जम्मा २४ मत खस्यो । त्यसपछि मतदाता आउन छाडेका मतदान अधिकृत विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार, जाडो छल्न काठमाडौं झरेका मतदाता केही बाटोमा आउँदै गरेका जानकारी प्राप्त भएको छ । 

    चुमनुब्री गाउँपालिका–५ को क्राक आधारभूत विद्यालय केन्द्रमा पनि मतदान करिब सकिएको छ । यहाँ १३७ मतदाता छन् । ८० मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत बलराम श्रेष्ठले बताए ।

    १३७ मतदाता रहेका न्याकस्थित बुद्ध हिमाली आधारभूत विद्यालय केन्द्रमा पनि ९० मत खसेपछि मतदाता आउन छाडेका छन् । यहाँ करिब १०० मत मात्र खस्ने दलका प्रतिनिधिले अनुमान गरेका मतदान अधिकृत इतराज पोखरेलले बताए ।

    चुम्चेतस्थित चुम्लिङ आधारभूत विद्यालय केन्द्रमा पनि मतदान करिब सकिएको छ । १७५ मतदाता रहेका यहाँ मध्याह्न १२ बजेभित्र ६९ मत खसेको थियो । त्यसपछि मतदाता आउन छाडेका मतदान अधिकृत सन्दीप मरहट्टाले जानकारी दिए । 

    नाम्रुङस्थित लार्केबजार स्वास्थ्यचौकी केन्द्रमा पनि दुई घण्टादेखि मतदाता आएका छैनन् । जिल्लाकै सबैभन्दा कम जम्मा ७६ मतदाता रहेका यहाँ २४ मत खसेको छ । कोही मतदाता आउँछन् कि भनेर पर्खेर बसिरहेको मतदान अधिकृत राजेन्द्र खनालले बताए । प्रतीक्षा आले

    प्रकाशित मिति :फाल्गुण २१ २०८२ बिहिवार - १६:३३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij