२०८२ माघ २८ गते बुधवार
काठमाडौं । भुजुङ्ग हाइड्रोपावरको आइपीओ भोलि (माघ २७ गते) बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले भोलि विहान ९ बजे आइपीओ बाँडफाँडको तयारी गरेको हो ।
आइपीओमा ३ करोड ७ लाख ८४ हजार ८२० कित्ता शेयरका लागि २६ लाख ६५ हजार १७४ जना लगानीकर्ताले आवेदन दिएका छन् । यस आइपीओ ८३ हजार जनालाई गोलाप्रथाबाट १०\१० कित्ताका दरले शेयर पर्ने भएको छ । जस अनुसार २५ लाख ८२ हजार १७४ जना लगानीकर्ताको हात खाली हुने भएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
कम्पनीले दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij