२०८२ माघ २८ गते बुधवार
काठमाडौं । होटल फरेष्ट इनको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
होटलले दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ३३ लाख २० हजार कित्ता आइपीओ खुला गरेको छ। होटलले सामूहिक लगानी कोषका लागि २ लाख कित्ता र आफ्ना कर्मचारीका लागि ८० हजार कित्ता छुट्याएको छ।
यो आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखासँगै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij