Logo

२०८२ माघ २८ गते बुधवार

२०८२ माघ २८ गते बुधवार

१० अंकले घटेको नेप्सेमा साढे ११ अर्बको कारोबार

१० अंकले घटेको नेप्सेमा साढे ११ अर्बको कारोबार


  • 638
    Shares

    १० अंकले घटेको नेप्सेमा साढे ११ अर्बको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १०.२५ अंकले घटेर २,६९८ को विन्दुमा कायम भएको छ ।

    आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार कित्ता शेयर किनबेच हुँदा ११ अबै ६५ करोडको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै १० प्रतिशतले सुपर माई हाइड्रोपावरको मूल्य बढेको छ । यसबाहेक रिडी पावर कम्पनी, खानीखोला हाइड्रो, हिमालयन हाइड्रोपावर सहित धितोपत्रका लगानीकर्ताले समेत आज धेरै कमाएको छ।

    कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाएको छ । यस धितोपत्रको मूल्य ८.९१ प्रतिशतले घटेको छ । यसबाहेक कर्पोरेट विकास बैंक, नारायणी विकास बैंकसहित धितोपत्रको मूल्य धेरैले घटेको छ । सुपर मादी हाइड्रोको आज सबैभन्दा धेरै कारोबार भएको छ । 

    gh.JPG

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - १५:३०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij