२०८२ माघ २१ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १.६४ अंकले घटेर २,६८१ को विन्दुमा कायम भएको छ ।
आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ०.९३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको ८० करोड माथिको शेयर कारोबार भउको छ । एसवाई प्यानलको ६० करोड ३० लाखको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखुखोला जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij