Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सिपाहीले श्रीमती र ५ बच्चाहरुमाथि धारिलो हतियार प्रहार गरी आफैले गरे आत्महत्या

सिपाहीले श्रीमती र ५ बच्चाहरुमाथि धारिलो हतियार प्रहार गरी आफैले गरे आत्महत्या


  • 7.8K
    Shares

    सिपाहीले श्रीमती र ५ बच्चाहरुमाथि धारिलो हतियार प्रहार गरी आफैले गरे आत्महत्या

    छुट्टीमा घर गएका एक सिपाहीले आफ्नो श्रीमती र ५ जना बच्चाहरुलाई धारिलो हतियार प्रहार गरेका छन् । घटना यतीमै सिमित भएन । त्यसपछि उनले पनि रेलको पट्रीमा गएर आत्महत्या गरे ।

    यो घटना भारतको उत्तर प्रदेशको हो ।

    राति सुतिरहेका छिमेकीले अचानक रातमा आवाज आएपछि बाहिर हेरेका थिए । छिमेकीका अनुसार उनी रेल स्टेसन तर्फ भाग्दै थिए । घरमा गएर हेर्दा बच्चा र श्रीमतीलाई निर्मम तरिकाले धारिलो हतियार प्रहार गरिएको थियो । त्यसपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

    उपचारका क्रममा सिपाहीको श्रीमतीको पनि मृत्यु भयो । ३ छोरी र दुई छोराहरुको भने उपचार भइरहेको छ । दुवै छोराहरुको स्वास्थ्य अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

    उनले किन यस्तो गरे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । छिमेकीका अनुसार उनी डिप्रेशनका रोगी थिए ।एजेन्सी

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - ११:४०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij