२०८२ माघ १२ गते सोमवार
काठमाडौं । शेयर बजारमा करेक्सन देशिएको छ । साताको दोस्रो कारोबारको दिन आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ३.०७ अंकले घटेर २,७६९ को विन्दुमा कायम भएको छ ।
आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ । आज दिनभरिमा ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ३५ करोडको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.७ प्रतिशत बढेको हो। त्यस्तै, यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ।
आज सबैभन्दा धेरै हिमालयन पावर कम्पनीको ६५ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको ५२ करोड ३२ लाखको शेयर कारोबार भएको छ ।
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij