Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नेप्सेमा झिनो अंकको वृद्धि, सवा ६ अर्बमा खुम्चियाे काराेबार

नेप्सेमा झिनो अंकको वृद्धि, सवा ६ अर्बमा खुम्चियाे काराेबार


  • 1.0K
    Shares

    नेप्सेमा झिनो अंकको वृद्धि, सवा ६ अर्बमा खुम्चियाे काराेबार

    काठमाडौं ।आज बुधबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १.५२ अंकले बढेर २,६४१ को विन्दुमा कायम भएको छ । 

    आज १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२० कम्पनीको १ करोड २५ लाख ४ हजार ९७० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २० करोडको शेयर कारोबार भएको छ ।

    आज बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य समुहका उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ । 

    आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको २६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानलको २२ करोड माथिको शेयर कारोबार भएको छ ।

    tg.JPG

    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १५:२९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij