Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

भारतमा कोरोना : पछिल्लो २४ घण्टामा ४ लाख बढी संक्रमणमुक्त, ५३२९को मृत्यु

भारतमा कोरोना : पछिल्लो २४ घण्टामा ४ लाख बढी संक्रमणमुक्त, ५३२९को मृत्यु


  • 7.6K
    Shares

    भारतमा कोरोना : पछिल्लो २४ घण्टामा ४ लाख बढी संक्रमणमुक्त, ५३२९को मृत्यु
    images

    भारतमा पछिल्लो २४ घण्टामा ४ लाख बढी कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा हालसम्म कै उच्च ४ लाख २२ हजार ४ सय ३६ ले कोरोना जित्न सफल भएका हुन् । भारतमा हालसम्म दुई करोड १५ लाख ९६हजार ५ सय १२ संक्रमणमुक्त भएका छन् ।

    यता दैनिक कोरोना संक्रमित हुनेको संख्या घटेको भएपनि संक्रमणका कारण मृत्यु हुनेको संख्यामा कमी आएको छैन ।

    पछिल्लो २४ घण्टामा भारतमा ५ हजार ३ सय २९ को कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भारतमा सो अवधिमा मृत्यु हुनेको यो संख्या हालसम्म कै उच्च हो । यसअघि मे १२ मा ४ हजार २ सय ५ को मृत्यु भएको थियो । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई लाख ७८ हजार ७ सय १९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भने ओरालो लाग्दै दुई लाख ६३ हजारमा झरेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १८ लाख ६९ हजार २ सय २३ परीक्षणहरुमध्ये दुई लाख ६३ हजार ५ सय ३३ मा संक्रमण पुष्टि भएको हो ।

    योसँगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या २ करोड १५ लाख ९६ हजार ५ सय १२ पुगेको छ ।

    भारतमा हाल ३३ लाख ५३ हजार ७ सय ६५ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म १८ करोड ४४ हजार ५३ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् । एजेन्सी 

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - ११:३०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij