Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

विजय लघुवित्तको एफपीओ भर्ने आज अन्तिम मौका

विजय लघुवित्तको एफपीओ भर्ने आज अन्तिम मौका


  • 554
    Shares

    विजय लघुवित्तको एफपीओ भर्ने आज अन्तिम मौका

    काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गरेको हो। 

    साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपछि ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो।

    लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गर्न लागेको हो।

    सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - १०:३९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij