Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

गिरावटपछि बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

गिरावटपछि बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि


  • 974
    Shares

    गिरावटपछि बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २८.७३ अंकले बढेर २,६३९ को विन्दुमा कायम भएको छ ।

    आज २१४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ ।आज दिनभरिमा ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको छ ।

    सबै समूहका सूचक बढेको छ । बैंकिङ ०.६५, विकास बैंक २.७०, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.४४, लगानी १.२३, जीवन बीमा ०.४९, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा ०.४२, अन्य ०.७८ तथा व्यापार ०.२२ प्रतिशत बढेको छ ।

    ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावर छन् ।

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । यस कम्पनीको ३८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ  भने बन्दीपुर केबलकारको २० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    22.JPG

    प्रकाशित मिति :पौष २१ २०८२ सोमवार - १५:२८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij