Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

मसाज पार्लरमा छापा मार्दा प्रहरी कमिस्नर पक्राउ

मसाज पार्लरमा छापा मार्दा प्रहरी कमिस्नर पक्राउ


  • 7.4K
    Shares

    मसाज पार्लरमा छापा मार्दा प्रहरी कमिस्नर पक्राउ

    हङकङमा प्रहरीले केही दिनअघि अवैध रूपमा खुलेको मसाज पार्लरमा छापा मार्दा अनपेक्षित व्यक्ति फेला पारेको छ ।अनुमतिपत्र नलिइकनै सञ्चालन गरिएको उक्त पार्लरमा प्रहरी कमिस्नरले सेवा लिइरहेको पाइयो । 

    सिनियर असिस्टेन्ट कमिस्नर फ्रेडरिक चोई चिनपेङलाई पार्लरमा भेटेपछि छुट्टीमा पठाइएको छ । उनी राष्ट्रिय सुरक्षा इकाइका निर्देशक थिए । 

    यस घटनाले प्रहरीको छविमा दाग लागेको बताइएको छ । सन् २०१९ मा प्रदर्शनकारीहरूमाथि दमन गरेदेखि हङकङ प्रहरीको बदनामी भइरहेको छ । 

    फ्रेडरिक हङकङ प्रहरी बलमा तेस्रो सबभन्दा वरिष्ठ अधिकारी हुन् । सन् १९९५ मा प्रहरीमा भर्ना भएका उनले विभिन्न देशमा तालिम लिएका थिए । गत फेब्रुअरी महिनामा उनलाई पब्लिक सर्भिस अनरबाट पनि सम्मान गरिएको थियो ।

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - १३:०९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij