२०८२ पौष १६ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १०.८७ अंकले बढेर २,६३३ को विन्दुमा कायम भएको छ ।
आज १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४२ कम्पनीको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोडको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानल र न्यादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
आज सबैभन्दा धेरै ग्रिन भेञ्चर कम्पनीको १७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बन्दीपुर केलकारको १५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij