प्रथम विश्वयुद्ध भन्दा अगाडि विश्वभर उपनिवेशको युग थियो । विभिन्न शक्तिशाली साम्राज्यहरुले उपनिवेश विस्तार गर्ने तिब्र होडवाजी गरिरहेका थिए । दोश्रो विश्वयुद्धको समाप्ती संगै उपनिवेशको युग समाप्त हुन पुग्यो ।
दोश्रो विश्वयुद्ध पछि धेरै राष्ट्रहरु उपनिवेशीकरणबाट स्वतन्त्र हुदै नयाँ राष्ट्रकोरुपमा अस्तित्वमा आए । दोश्रो विश्व युद्धको समाप्ती संगै राजनीतिक बिचार बिस्तारको युगको शुरुवात हुन पुगेको थियो । यद्येपि सन १९१७ को बोल्सेभिक क्रान्ति देखि नै राजनीतिक बिचार बिस्तारको शुरुआत भएको भएपनि दोश्रो विश्व युद्ध पछि यसले तिव्रता पाएको थियो ।
पुँजीवाद र समाजबाद जस्ता राजनीतिक बिचारको प्रतिस्पर्धास्वरुप अमेरिका र सोभियत रुस बीच सन नब्बे सम्म प्रतिस्पर्धा (शित युद्ध) नै चल्यो । आ–आफ्ना बिचारलाई लागुगर्ने देशहरुको समुहहरुलाई शक्तिशाली बनाउनको लागि अमेरिका र सोभियत संघले सैन्य संगठनहरुको निर्माण गरेका थिए । जुन सैन्य संगठन मध्यको सोभियत संघ निकट ‘वार्सा प्याक्ट’ बिघटन भएको भएपनि ‘नाटो’ (नर्थ एटलान्टिक ट्रिटि अर्गनाइजेसन) अद्यापि बहाल रहेको छ ।
अहिले संचार क्षेत्रमा भएको नविन प्रविधिको अत्याधुनिक बिकास संगै विश्वब्यापिकरणको युगको थालनी भएको छ । संचार प्रविधि र विश्वब्यापिकरणले शक्ति राष्ट्रहरु बीच हुने गरेको बिचारको बिस्तार गर्ने होडबाजी समाप्त भएको छ । तर, शक्ति राष्ट्रहरु बिचारको प्रतिस्पर्धा छोडेर एक प्रकारको आर्थिक साम्राज्यवाद बिस्तार गर्ने होडबाजीमा लागेका छन् ।
अघोषित आर्थिक साम्राज्यवाद मार्फत सम्बन्धित मुलुकहरुको राजनीति, अर्थब्यवस्था, संस्कृतिमा हस्तक्षेप गर्दै उक्त देशको बजार र स्रोत साधनहरु हासिल गर्ने प्रतिस्पर्धा देखिएको छ ।
त्यसका लागि ती मुलुकहरुमा आफ्नो अनुकूलको सरकार निर्माण गर्ने होडवाजीले साना र अविकशित राष्ट्रहरु प्रताडित भैरहेका छन् । जसले गर्दा अबिकसित र गरिव राष्ट्रहरुको सार्वभौमिकता माथि नै खतरा उत्पन्न हुन थालेको छ ।
युक्रेनको श्रोत साधन कब्जा गर्ने उद्देश्यका साथ राज्य सत्तामा स्थापित गराईएका युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले युक्रेनलाई समाप्त पारिसकेका छन् । छिमेकी संगको अनावश्यक द्वन्द्वको परिणामस्वरुप रुस–युक्रेन युद्धले एउटा समृद्ध र साधनश्रोतले सम्पन्न मुलुक पूर्णरुपमा ध्वस्त हुन पुगेको छ । जुन रुस–युक्रेन युद्धको पाठ नेपाल र नेपालीले मनन गर्न जरुरी छ ।
भौगोलिक अबस्थितीका कारण बिगत लामो समय देखि नेपाल शक्ति राष्ट्रहरुको आपसी प्रतिस्पर्धाको शिकार भैरहेको छ । नेपालका हरेक राजनीतिक परिवर्तनहरुमा शक्ति राष्ट्रहरुको प्रभाव र दवावले नेपालको राजनीति सधैं अस्थिर बनिरहेको छ । नेपालमा अहिले सम्म २००७,१५,१९,४७,६३, र ७२ गरी ६ वटा संविधान प्रयोग गरिएका छन् । कुनैपनि संविधानले उचित कार्य गर्न सक्ने अबस्था छैन् । संविधान र राजनीतिक परिवर्तनको नाउँमा बाह्य शक्तिबाट नेपालमा चरम हस्तक्षेप हुने गरेको छ ।
चाहे त्यो दुइहजार छयालिस सालमा बहुदलीय ब्यवस्थाको पुर्नस्थापनाको बिषय होस अथवा माओवादी नामको दशबर्षे सशस्त्र बिद्रोह होस या दुइहजार त्रिसठ्ठीको राजनीतिक परिवर्तन होस यी सबै आन्दोलनहरुमा बिदेशी शक्तिहरु अर्थात बिभिन्न शक्ति राष्ट्रहरुको प्रत्येक्ष वा परोक्ष दवाव र प्रभाव रहेको छ । केहि महिना अगाडि भएको जेनजी युवाहरुको बिद्रोहमा समेत आन्तरिक घुसपैठीयाको माध्यम शक्ति राष्ट्रहरुको प्रभाव र दबाव स्पष्टरुपमा अनुभव गर्न सकिन्छ । जुन लामो समयको तयारी पछि तत्कालिन कारणकोरुपमा देखिएको सामाजिक सञ्जालको बन्दको बहानामा सडकमा उतारिएको थियो । जसमा नेपालका ऐतिहासिक धरोहरहरुलाई नष्ट गरिएको थियो ।
केहि महिना अगाडि अर्थात गत भाद्र २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनले बिगत साढे तीन दशक देखि सत्ताको केन्द्रमा बसेर पालो पालो सत्ताको रजाई गरेका दलका केहि नेताहरुलाई सत्ताच्युत गरिदिएको छ । केहि नेताहरु यस अर्थमा, उनिहरुले कुनै पार्टीगत शासन गरेका थिएनन् । पार्टीको नाउमा केहि नेताहरुले पालैपालो कुलिनतन्त्रीय शासन सञ्चालन गरेका थिए । जसको कारण पनि त्यस्तो शासन पद्धतिलाई बहुदलीय पद्धति भन्न सकिदैन् ।
यद्येपि जेनजी युवाहरुको बिद्रोहले बिगतमा सत्ताको रजाई गरेका दलहरुलाई पाखा लगाएको छ । तर, मुलुकलाई स्पष्ट दिशाबोध गर्न भने यो जेनजी बिद्रोह असफल भएको देखिएको छ । अहिले जेनजी बिद्रोहलाई आफ्नो अनुकूल बनाउन र अपनत्व हासिल गर्न बिभिन्न समुहहरु तछाड मछाड गरिरहेका छन् । अहिले जेनजी संग सरोकार नै नभएका समुहहरु शक्ति केन्द्रको बलमा जेनजी युवाहरुको बिद्रोहलाई आफ्नो बनाउने र सत्तामा अधिपत्य जमाउन कोशिस गरिरहेका छन् ।
हुनत जेनजी बिद्रोहको दोश्रो दिन नै बिभिन्न प्रकारका शक्तिहरुले उक्त बिद्रोहमा घुसपैठ गर्दै आफ्नो अनुकूल बनाउने कोशिस गरेका थिए । ती मध्यको शक्तिशाली शक्तिले भर्सेलाबाट सरकार कब्जा गरिसकेको छ । जेनजीहरु ती शक्ति केन्द्रका मोहरा मात्र सावित हुन पुगेका छन् । जेनजी बिद्रोहको बहानामा नेपाल कतै शक्ति राष्ट्रहरुको रण मैदान हुने त होइन ? भनेर आम नेपालीहरु चिन्तित हुन पुगेका छन् ।
जेनजी बिद्रोहको उठान किन भयो ? जेनजी युवाहरुले के का लागि बिद्रोह गरेका थिए ? के जेनजी युवाहरुले उठाएका मागहरु सम्बोधन गर्ने दिशा तिर मुलुक गएको छ त ? बिल्कुलै गएको छैन । बरु, जेनजी बिद्रोह नै अहिले गौण बन्न पुगेको छ । जेनजी को नाउँमा कथित चुनाव गराउदै नेपालमा अस्थिरता मच्चाउने पहल भैरहेकोमा शंका छैन् ।
बिगत लामो समय देखि राज्य सत्ता कब्जा गरेर बसेका राजनीतिक पार्टीका नेताहरुले मुलुकमा खुलारुपमा भ्रष्ट शासन चलाएका थिए । ती भ्रष्टहरुको खुला हुँकार र दण्डीत नहुने अवस्थाबाट उत्पन्न बेरोजगारीको समस्याले नवयुवाहरुको पढ्ने बहानामा बिदेश पलायन भएका छन् । असुरक्षा, कुशासन , युवाहरुलाई राजनीतिमा प्रवेश गराउन आकर्षण जगाउने र मुलुक प्रति गर्व गराउने कार्य नहुनाले जनतामा चरम असन्तुष्टी रहेको छ ।
जनतामा असन्तुष्टी रहेपनि नेपाललाई कहिल्यैपनि स्थिर सरकार र राजनीतिक स्थायित्व दिन नसक्ने संविधानलाई जोगाउदै अस्थिरतालाई अझै लम्बाउने कोशिस गरिएको छ । यथार्थमा अहिलेको समस्या चुनाव नभएर नेपालका सम्पूर्ण राजनीतिक शक्ति बीच समन्वय गराउनु हो । भ्रष्टहरुलाई दण्डीत गर्नु हो । त्यता तर्फ अहिलेको सरकारले चासो दिएको छैन ।
बरु, समस्याहरुलाई वेवास्ता गर्दै चुनाव गरिसकेपछि सबै समस्याको समाधान हुन्छ जस्ता प्रकारका प्रचार प्रशार गरिएका छन् सरकार बाट । बिगत देखिका पुराना शक्तिहरुलाई बिस्थापन गर्न आएका र नयाँ गठन गरिएका पार्टी, समुह र ब्यक्तिहरु बिगतका भ्रष्टहरु भन्दा पनि बिवादित देखिएका छन् । ती भ्रष्ट र बिवादित ब्यक्तिहरुले समुह बनाउदै बिभिन्न राज्यसत्ताका पदहरु समेत अग्रिमरुपमा बाँडफाँट गरिरहेका छन् ।
नेपाल विश्वका धेरै जनसंख्या भएकोले मात्र होइन, हरेक हिसावले सशक्त छिमेकी राष्ट्रहरुले घेरिएको छ । अर्काेतर्फ अहिले विश्वको ‘पावर अर्डर’ एक धु्रविय बाट बहुध्रुविय बनिसकेको छ । जसले गर्दा पनि नेपालको सामरिक महत्व बढेर गएको छ ।
छिमेकी राष्ट्रहरु चीन र भारत ब्रिक्स,साँघाई कोअपरेशन जस्ता संगठन मार्फत बहुध्रुविय शक्तिको अभ्यास गरिरहेको समयमा नेपालमा ती मित्र छिमेकी राष्ट्रहरु बिरुद्ध हुने कुनै पनि गतिविधिले नेपाललाई अन्तहिन अस्थिरतामा धकेल्न सक्छ ।
नेपालमा गत भाद्र २३ र २४ गतेको बिद्रोह पछि शक्तिको ध्रुविकरण गर्ने कोशिस गरिएको छ । अहिले नेपालमा देखिएको ध्रुविकरण कुनै पनि हिसावले राजनीतिक होइन,यो ध्रुविकरण स्पष्टरुपमा शक्ति राष्ट्रको इशारामा शक्तिको ध्रुविकरण भएको हुनाले यो ध्रुविकरणले नेपालमा राजनीतिक समाधान दिन सक्ने अबस्था छ्रैन् ।
नेपालले बिगतमा शक्तिराष्ट्रहरुको दवाव र प्रभावमा राजनीतिक अस्थिरता भोगिरहेको कारण सत्ताशिनहरुले उनिहरुकै संरक्षणमा भ्रष्टाचार र कुशासन सञ्चालन गरेका थिए । उनिहरुले युवाहरुलाई बिदेश पलायन गराएर आफूहरु निर्विकल्प बन्ने कोशिस गरेको थिए । तर , त्यतिबेला सार्वभौमसत्ता माथि त्यति ठूलो आँच आएको थिएन । तर अहिले स्थापित गर्न खोजेको शक्तिले शासनसत्ता कब्जा ग¥यो भने नेपालको सार्वभौमसत्ता माथि नै खतरा हुने सम्भावना बढेर गएको छ । यदि यी छिमेकी बिरुद्ध नेपालको भूमी भएर कुनै गतिविधि भए भने हामिलाई युक्रेनकै अबस्थामा नपु¥याउला भन्न सकिने अबस्था छैन ।
जसका लागि हिजो सत्ताको बागडोर सम्हालेर बसेका पार्टीका जिम्मेवार युवा नेताहरुले आफ्ना भ्रष्ट नेताहरुलाई दण्डीत गर्दै नेपालका सबै शक्तिहरुलाई समेट्नको लागि सेतो हात्तिरुपी संविधानको खारेजी गरी नयाँ सिराबाट राजनीतिको थालनी गर्न ढिला गर्नु हुन्न । अन्यथा नेपालको सार्वभोमिकता माथि आँच नआउला भन्न सकिन्न । जुन अबस्था भनेको नेपाल र नेपालीको लागि ‘तावामा छटपटाएको माछा भुँग्रोमा’ खसे सरह हुने छ । ध्यान जाओस ।