Logo

२०८२ पौष ९ गते बुधवार

२०८२ पौष ९ गते बुधवार

शेखरलाई मिश्रको पत्र: यस्तो ल्याङ्ग्रे पाराले पनि राजनेता भइन्छ ?

शेखरलाई मिश्रको पत्र: यस्तो ल्याङ्ग्रे पाराले पनि राजनेता भइन्छ ?


  • 1.1K
    Shares

    शेखरलाई  मिश्रको पत्र: यस्तो ल्याङ्ग्रे पाराले पनि राजनेता भइन्छ ?
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई खुला पत्र लेख्दै गर्न सक्ने ठाउँमा हुँदा पनि किन केही नगरेको भन्दै प्रश्न गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत मिश्रले ९ बुँदे पत्र भन्दै कांग्रेस सभापति बन्न पाइन्न कि, प्रधानमन्त्री बन्न पाइन्न कि भनेर आत्मकेन्द्रित चिन्तनबाट ग्रस्त नहुन भनेका हुन् ।

    मिश्रको पत्र :

    – देशलाई अभिभावकको खाँचो छ ।
    – देशको राष्ट्रियता अत्यन्त नाजूक अवस्थामा छ ।
    – राष्ट्रियता र प्रजातन्त्रसँगै लैजान नसके नेपाल बच्दैन ।
    – प्रजातन्त्र/लोकतन्त्र ‘छाडातन्त्र’ भइसकेको छ ।

    ‘पत्रको शुरू नै यसरी गरौँ देशको अवस्था त्यति खराब छ भने, तपाईँ गर्न सक्ने ठाऊँमा भएको मान्छे, के हेरेर बस्नुभएको ? कांग्रेस सभापति बन्न पाइन्न कि, प्रधानमन्त्री बन्न पाइन्न कि भनेर आत्मकेन्द्रित चिन्तनबाट तपाईँसमेत ग्रस्त भएको देख्दा, मेरो तपाईँप्रतिको सम्मानमै प्वाल पर्न लागिसक्यो, जुन म चाहन्न ।’

    वीपी कोइरालाको सच्चा अनुयायी भएरसबैभन्दा माथि देशलाई राख्ने कि पदलाई ? भन्ने मिश्रको प्रश्न छ ।

    ‘के वीपीले त्यही सिकाएका थिए तपाईँलाई ?  विचारभन्दा माथि देशलाई राखेका होइन, वीपीले ?’ उनले भनेका छन्, ‘चुनावमा नयाँ–नयाँ मिले भने खुब बन्नुहोला तपाईँ प्रधानमन्त्री ! सबै नयाँ नमिल्दा त तपाईँको पालो नआउला जस्तो देख्खिसक्यो । तपाईँचाहिँ ‘आकाशको फल’ हेरेर जहिले पनि ल्याङल्याङ कुरा गरेर बसिराख्नोस् ।’

    मिश्रका अन्य बुँदाहरुः

    – वीपीजस्तै राजनेता हुनेभए ड्याम्म एउटा पत्रकार सम्मेलन गर्नोस्, ‘यो, यो, यो’ कारणले देश र काँग्रेसलाई ‘वीपीपथ’ मा लैजानै पर्नेभयो भन्नुस् । प्रचण्डको कमिजको फेर समातेर नबस्नोस् । तपाईँ सहजताका साथ कांग्रेस सभापति र प्रधानमन्त्री दुबै बन्नुहुन्छ ।

    –प्रचण्डमार्गी काँग्रेसी, भूराजनीतिमा पोख्त छिमेकीले के भन्छन् र सभापति/प्रधानमन्त्री बन्न पाउँला/नपाउँला भनेर सोच्न छोडिदिनोस् ।

    – छिमेकीले पनि जेन–जी विद्रोहपछि नेपालमा राजसंस्था भएन भने त्यसको असर अब उनीहरूलाई समेत पर्छ भन्ने अलिअलि बुझिसके । अब केही समयमा पुरै बुझ्नेछन् । अनि त्यसपछि तपाईँ ‘मैले त राजालाई पूर्वराजा भन्दिनँ भनेकै थिएँ नि’ भन्दै लुरूक्क परेर ‘मार्ग परिवर्तन’ गर्ने होला, होइन ?

    – यस्तो ल्याङ्ग्रे पाराले पनि राजनेता भइन्छ ? यो पाराले तपाईँ प्रधानमन्त्री नै भए पनि तपाईँ सिङ्गो नेपालको होइन, प्रचण्डपथको अर्थहीन प्रधानमन्त्री हुने हो । तपाईँलाई देशको भन्दा प्रधानमन्त्री पदको माया ?

    – देश यस्तो अवस्थामा पुग्दा पनि कोइरालाको रगत र वीपीको आस्था बोकेको मान्छेको हालत यस्तो देख्दा मलाई दुख लागेको छ !

    –देश नवीन समझदारीमा जाने लगभग निश्चित छ । गएन भने विस्तारै या अनपेक्षितरूपमा, तपाईँले नै भने झैँ अस्तित्वको संकटमै जाने हो । त्यसैले, ठूलो, र वीपीको दलको नाताले नवीन समझदारीको नेतृत्व गरेर राजनेता बन्नोस् । होइन भने प्रचण्डको फेर समातेर हल्लिरनोस ! विराटनगर गएर ‘के सोचेँ मैले, के भयो अहिले’ भनेर गीत गाएर बस्नोस् ।

    –कि प्रष्ट भन्नुस्, म प्रचण्डवादी हुँ भनेर, कि प्रष्ट भन्नुस्, म वीपीवादी हुँ भनेर । यता पनि ठिक्क उता पनि ठिक्कको राजनीति तपाईँलाई सुहाउँदैन । यस्तो ल्याङल्याङे पाराले संसारमा कोही पनि राजनेता भएका छैन । बाँकी तपाईँको इच्छा !

    तपाईँको शुभचिन्तक
    रवीन्द्र मिश्र

    प्रकाशित मिति :पौष ९ २०८२ बुधवार - १३:५५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij