Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

सरकारविरुद्ध विपक्षी मोर्चा बनाउँदै कांग्रेस, आज बैठक

सरकारविरुद्ध विपक्षी मोर्चा बनाउँदै कांग्रेस, आज बैठक


  • 421
    Shares

    सरकारविरुद्ध विपक्षी मोर्चा बनाउँदै कांग्रेस, आज बैठक
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गतिविधिविरुद्ध साझा रणनीति बनाउन विपक्षी दलहरूको मोर्चा गठन गर्ने पहल गरेको छ।

    सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकार अघि बढे प्रतिरोध गर्ने उद्देश्यसहित साझा मोर्चा बनाउने निर्णय गरेको हो।

    कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार साझा रणनीति तय गर्न सोमबार दिउँसो १ बजे अन्य विपक्षी दलहरूसँग बैठक बोलाइएको छ।

    त्यस्तै, अदालत, बिचौलिया र प्रहरी प्रशासनसँग जोडिएका पछिल्ला विषयमा पनि विपक्षी दलहरूसँग छलफल गरी संयुक्त कदम चालिने उनले बताए।

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - ११:२८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij