२०८२ भाद्र २४ गते मंगलवार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लेखेर आलोचना गरिएको पोस्टर टाँसेको आरोपमा दिल्ली प्रहरीले शनिवार २५ जनालाई पक्राउ गरेको छ । पोस्टरहरूमा कोरोनाविरुद्ध खोप अभियानका विषयमा मोदीको आलोचना गरिएको छ ।
प्रहरी अधिकारीहरूका अनुसार, शहरका कैयौं भागमा पोस्टर टाँसिएको छ । ‘मोदीजी, हाम्रा बच्चाहरूको खोप किन विदेश पठाएको’ भनी पोस्टरमा लेखिएको थियो । प्रहरीले बिहीवार यी पोस्टरहरूको सूचना प्राप्त गरेको थियो ।
पक्राउ परेका व्यक्तिहरूका विरुद्ध आईपीसीका धारा १८८ तथा अन्य धाराअन्तर्गत २५ वटा जाहेरी दर्ता गरिएको छ । पाँच वर्षसम्मको कारावास सजाय र जरिवाना लगाउने प्रावधान छ ।
पक्राउ परेका एक व्यक्तिले आफूलाई पोस्टर टाँस्नका लागि ५०० भारु दिइएको बताए । प्रहरीले घटनाको सीसीटीभी फूटेज हेरिरहेको छ । यसमा संलग्न रहेका अन्यको पनि खोजी भइरहेको छ । राजनीतिक प्रतिशोधका लागि यो पोस्टर टाँसिएको हो कि भन्ने आशंका पनि गरिएको छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij