Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार


  • 190
    Shares

    नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार
    images

    काठमाडौं । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५.०३ को विन्दुमा कायम भएको छ ।

    आज दिनभरिमा ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ७८ लाखको सेयर कारोबार भएको छ । आज ६३ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज बाराही हाइड्रोको सर्वाधिक २४ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको १८ करोड ३५ लाख रुपैयाँ र तेस्रोमा बुटवल पावर कम्पनीको १६ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    यसदिन २ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज स्वस्तिक लघुवित्त र एसवाई प्यानलका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, सिन्धु विकास बैंकका लगानीकर्ताले ९.५६ प्रतिशतका दरले कमाएका छन् ।

    बाराही हाइड्रोका लगानीकर्ताले आज सर्वाधिक ४.७६ प्रतिशतका दरले गुमाएका छन् ।

     

    प्रकाशित मिति :पौष ३ २०८२ बिहिवार - १५:१६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij