२०८२ पौष २ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर हो ।
आज सुनको मूल्य तोलामा २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन २ लाख ५९ हजार रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । चाँदी तोलामा १७० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४ हजार ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij