Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

जनवरीदेखि कोरोना भाइरसविरुद्धको खोप दिने क्यानडाको तयारी

जनवरीदेखि कोरोना भाइरसविरुद्धको खोप दिने क्यानडाको तयारी


  • 8.3K
    Shares

    • images
    जनवरीदेखि कोरोना  भाइरसविरुद्धको खोप दिने क्यानडाको तयारी
    images

    काठमाण्डौ । क्यानडा सरकारले आउँदो महिनादेखि नै कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरेको छ । जनवरीमा खोप आउने विश्वासका साथ क्यानडा सरकारले वितरणको तयारी भइरहेको जनाएको छ ।

    क्यानडामा खोप वितरणको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले जनवरीदेखि नै खोप वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभएको हो । आफ्नो देशमा आउँदो महिनादेखि नै खोप वितरण गर्ने काम निकै चुनौतीपूर्ण रहेको तर तीव्र रूपमा तयारी भइरहेको उहाँको भनाइ छ ।

    उहाँलाई क्यानडा सरकारले अघिल्लो हप्ता सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निकायको उपाध्यक्षको रूपमा नियुक्त गरेको थियो । सरकारी अधिकारी र सेनासँग मिलेर खोप वितरणसम्बन्धी काम गर्ने जिम्मेवारी मेजर जनरल डेनी फोर्टीनलाई दिइएको छ ।

    उहाँले डिसेम्बर ७ अर्थात् मङ्सिर २२ गतेदेखि खोपसम्बन्धी कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ अर्थात् पुस १० भित्रमा सबै तयारी पूरा हुने पनि विश्वास व्यक्त गर्नुभयो ।

    क्यानडामा अहिलेसम्म तीन लाख ९० हजारभन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यहाँ १२ हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ । एजेन्सी

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १३:५५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij