Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्सेमा १२ अंकको गिरावट, कारोबार रकम ४ अर्ब ७४ लाखमा सीमित

नेप्सेमा १२ अंकको गिरावट, कारोबार रकम ४ अर्ब ७४ लाखमा सीमित


  • 1.9K
    Shares

    नेप्सेमा १२ अंकको गिरावट, कारोबार रकम ४ अर्ब ७४ लाखमा सीमित
    images

    काठमाडौं ।साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १२.५० अंकले घटेर २,५९४ को विन्दुमा कायम भएको छ । आज ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३३० कम्पनीको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७४ लाख माथिको शेयर कारोबार भएको छ । 

    सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ समूह भने स्थिर रहेको छ । विकास बैंक ०.३४, फाइनान्स ०.७८, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.९३, लगानी ०.६५, जीवन बीमा ०.८७, उत्पादन तथा प्रशोधन ०.७२, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.२९, अन्य ०.४८ तथा व्यापार ०.५९ प्रतिशत घटेको छ ।

    दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल रहेको छ ।

    आज सबैभन्दा धेरै कुमारी बैंकको संस्थापक शेयर किनबेच भएको छ । आज यस बैंकको २६ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने  शिवम् सिमेन्टको ७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    27.JPG

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १५:३२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij