२०८२ पौष ३ गते बिहिवार
काठमाडौं । नेपालमा हिमालयपार चलचित्र प्रदर्शनी शुरु भएको छ । आईतवारदेखि शुरु भएको प्रदर्शनी शुरु भएको हो ।
डिसेम्बर २१ सम्म सञ्चालन हुने प्रदर्शनी त्रिभूवन विश्वविद्यालय, काडमाडौं विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुनेछ । प्रदर्शनीमा नेपाली र चिनियाँ सिमावर्ती क्षेत्रका कथावस्तुमा निर्माण गरिएका चलचित्रहरु प्रदर्शन हुनेछन् ।
प्रदर्शनीमा द स्पिरिट अफ द माउण्टेन, द लेजेन्ट अफ हेई २, सेतो सर्प, नयाँ देवताहरुः याङ जियान र पहाडको आत्मा चलचित्रको प्रदर्शन हुने आयोजकले जानकारी दिएको छ । आईतवार विहान त्रिभूवन विश्वविद्यालयमा द स्पिरिट अफ द माउण्टेन प्रदर्शन भएको थियो भने दिउँसो द लेजेन्ट अफ हेई २ प्रदर्शन हुँदैछ ।
प्रदर्शनीमा एआई प्रमोशनल छोटो फिल्म प्रदर्शन, ब्लाईन्ड बक्स अन्तक्रिया, विज्ञहरुसँग सिमान्त साझेदारी लगायतका कार्यक्रम पनि हुने जनाइएको छ । चीन–नेपाल कुटनीतिक सम्बन्ध विस्तार भएको ७० औं वर्षको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij