Logo

२०८२ मंसिर २५ गते बिहिवार

२०८२ मंसिर २५ गते बिहिवार

शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम खुम्चियो

शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम खुम्चियो


  • 470
    Shares

    शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम खुम्चियो
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १.६६ अंकले घटेर २,६०७ को विन्दुमा कायम भएको छ ।

    आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।

    आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको १८ करोड ९७ लाख रुपैयााको शेयर कारोबार भएको छ । श्रीनगरको १२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सागर डिष्टिलरीको ९ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

    25.JPG

    प्रकाशित मिति :मंसिर २५ २०८२ बिहिवार - १५:२९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij