२०८२ मंसिर २१ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली महाराजगञ्जस्थित देउवा निवासमा छलफलमा जुटेका छन्।
एमाले अध्यक्ष ओली देउवालाई भेट्न शुक्रबार उनकै निवास महाराजगञ्ज पुगेका हुन्। उनीबीच शुक्रबार अपराह्न ४ बजे छलफल सुरु भएको देउवा सचिवालय स्रोतले जानकारी दिएको छ।
आउँदो माघ ११ मा राष्ट्रिय सभा सदस्य र फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन तय भएको छ। दुवै नेताबीच निर्वाचनबारे पनि छलफल हुने जनाइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij