Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दुई कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

दुई कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?


  • 876
    Shares

    • images
    दुई कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ। सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जीको शेयरमूल्य समायोजन भएको हो। 

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ।

    नेप्सेले सुपर मादीको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको छ भने माउन्टेन इनर्जीको २० प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपछि सुपर मादीको शेयरमूल्य ७२२ रुपैयाँ ८६ पैसा र माउन्टेन इनर्जीको ५७७ रुपैयाँ ५० पैसा कायम भएको छ।

    नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा सुपर मादीको शेयर प्रतिकित्ता ७५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने माउन्टेन इनर्जीको प्रतिकित्ता ६६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

    यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार खुल्ने छ।

    प्रकाशित मिति :मंसिर १७ २०८२ बुधवार - १२:०९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij