Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

माधव नेपालसहित चार नेतालाई पठाइयो निलम्बन फुकुवाको पत्र

माधव नेपालसहित चार नेतालाई पठाइयो निलम्बन फुकुवाको पत्र


  • 6.7K
    Shares

    माधव नेपालसहित चार नेतालाई पठाइयो निलम्बन फुकुवाको पत्र

    काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित चारजना नेताहरुलाई कारबाही फुकुवा गरेको जनाकारी गराएका छन् । ओलीले कारबाही फुकुवा गरेको पत्र नेताहरुलाई पठाएका हुन् ।

    आज बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

    एमालेले गत चैत १६ गते नेता नेपाल र रावललाई साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

    त्यस्तै, चैत १९ गते भुसाल र पाण्डेलाई पनि ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

    cpn umll.jpg

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १६:२६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij