Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

यी हुन् सरकारलाई योगेश भट्टराईले गरेका ४ बुँदे ध्यानाकर्षण 

यी हुन् सरकारलाई योगेश भट्टराईले गरेका ४ बुँदे ध्यानाकर्षण 


  • 4.8K
    Shares

    यी हुन् सरकारलाई योगेश भट्टराईले गरेका ४ बुँदे ध्यानाकर्षण 

    काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले कोरोना महामारीको अवस्था भयावह भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    कोरोना महामारीबाट विश्व नै लाचार बनेको अवस्थामा नेपाल अझ संकट तिर जाँदै गरेको भन्दै नेता भट्टराईले विगतदेखि कै सरकारले सर्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर प्रयाप्त काम नगरेका कारण आज बिस्फोट बन्न पुगेको बताए । 

    बिरामीका लागि न्यूनतम अक्सिजन र बेड दिन नसक्नुले सबै लज्जित भएको भन्दै भट्टराईले यस्तो संवेदनशील अवस्थामा भइरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्य यन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टी बढदै गएर ब्यवस्था नै धरापमा पर्नसक्ने सम्भावनाप्रति सबै सचेत हुनुपर्ने धारणा राखेका छन् । 

    यी हुन् सरकारलाई योगेश भट्टराईको ४ बुँदे ध्यानाकर्षण 

    १) अहिले तुलनात्मक रुपमा चीनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चीनले स्वास्थ्य सामग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरी नै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चीन सरकारलाई अनुरोध गर्नु पर्दछ । र, भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ ।
      
    २) २०७२ को महाभूकम्पपछि जसरी राजनीतिक विमतीहरुलाई थाती राखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्यो, एमाले, माओवादी र नेकाका बीचमा १६  बुँदे सहमति गरी संविधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो, त्यसरी नै कोभिडविरुद्धको लडाईँमा फेरि एकपटक राष्ट्रिय सहमतिका साथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ । राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।  

    ३) सम्पूर्ण जनशक्तिलाई कोभिडविरुद्धको लडाईँमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।  

    ४) आर्थिक अभाव हुन नदिने । अन्य शीर्षकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिडविरुद्धको लडाईँमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने ।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १५:५४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij