Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रधानमन्त्रीलाई रवीन्द्र मिश्रले दिए यस्तो झड्का

प्रधानमन्त्रीलाई रवीन्द्र मिश्रले दिए यस्तो झड्का


  • 5.6K
    Shares

    प्रधानमन्त्रीलाई रवीन्द्र मिश्रले  दिए यस्तो झड्का

    विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले कोरोना महामारीका विषयमा प्रधानमन्त्रीलाई ४ आग्रह गरेका छन् । बिहीबार दिउँसो सामाजिक सञ्जालमा भिडियो सन्देश पोस्ट गर्दै उनले प्रधानमन्त्रीको कारण अहिलेको समस्या आएको बताएका छन् । 

    उनले अक्सिजन नपाएर छटपटाइरहेका, अक्सिजनकै अभावमा मृत्यु भएका संक्रमित बिरामीको प्रसंग जोड्दै प्रधानमन्त्रीलाई आफ्ना मिर्गौला प्रत्यारोण गर्दाको समय सम्झाएका छन् । 

    किड्नी प्रत्यारोपण गर्ने बेलामा तपाई जसरी जीवन र मृत्युको दोसाँधमा छट्पटाएजस्तै अहिले जनता अक्सिजनको अभावमा छट्पटाएको मिश्रले बताएका छन् । 

    ‘तपाई जीवन र मृत्युको  दोसाँधमा छट्पटाइरहनु भएको बेला तपाईले किड्नी नपाउनु भएको भए तपाईलाई कस्तो महसुस हुन्थ्यो ? तपाईको परिवारलाई कस्तो महसुस हुन्थ्यो ?’ मिश्रले  प्रश्न गरेका छन्, ‘हो त्यसैगरी आज सयौँ नेपालीहरु जीवन-मृत्युको दोसाँधमा अक्सिजन नपाएर छट्पटाइरहेका छन्, धेरैले त मृत्युवरण पनि गरिसके । यो तपाईंहरुको कारणले गर्दा भएको हो।’

    तुरुन्त मित्रराष्ट्रसँग समन्वय गरेर । अक्सिजन प्लान्ट राख्न चाहिने उपकरणहरु लिएर आउन मिश्रले सुझाव दिएका छन् । नेपालका सबै सरकारी अस्पतालमा प्यान्ट स्थापना गर्न उनले भनेका छन् । 

    अस्पतालमा बेड अभाव भएकाले सेना र प्रहरीको सहयोगमा अस्थायी उपचार केन्द्र स्थापना गर्ने र त्यसका लागि जनशक्ति व्यवस्था गर्न मिश्रको सुझाव छ । सबै गरिब जनताको निशुल्क उपचार हुने व्यवस्था मिलाउने पनि मिश्रले सरकार समक्ष माग गरेका छन् । 

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १५:३६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij