Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

जसपा नेताहरुको यो दौडधुप, देउवालाई भेट्न महन्थ र राजेन्द्र सुटुक्क पुगे देउवा निवास

जसपा नेताहरुको यो दौडधुप, देउवालाई भेट्न महन्थ र राजेन्द्र सुटुक्क पुगे देउवा निवास


  • 5.6K
    Shares

    जसपा नेताहरुको यो दौडधुप, देउवालाई भेट्न महन्थ र राजेन्द्र सुटुक्क पुगे देउवा निवास

    काठमाडौं । बहुमतिय सरकार बनाउने समयसीमा सकिनु केही घण्टा अगाडी राजनीतिक भेटघाट तिव्र बनेका छन् ।

    यसैबीच जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन्।

    स्रोतका अनुसार बिहान साढे ११ बजेदेखि देउवासँग अध्यक्ष ठाकुर र महतोको भेटवार्ता भइरहेको छ। देउवालाई भेट्न सुरूमा महतो पुगेका थिए। त्यसपछि केहीबेरमा अध्यक्ष ठाकुर पुगेका हुन्।

    बिहीबार नै एमालेले नेत मावध कुमार नेपालसहितका नेताहरुको कारवाही फुकुवा गरेको थियो । विभाजनको डिलमा पुगेको एमाले एकताका लागि अन्तिम समयसम्म् प्रयासरत हुँदा जसपा नेताहरुको यो दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

    संविधानको धारा ७६ अनुसार दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १२:२०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij