Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

माधव नेपालसहित चार जना नेतालाई गरिएको कारबाही फुकुवा गर्ने एमालेको निर्णय

माधव नेपालसहित चार जना नेतालाई गरिएको कारबाही फुकुवा गर्ने एमालेको निर्णय


  • 4.2K
    Shares

    माधव नेपालसहित चार जना नेतालाई गरिएको कारबाही फुकुवा गर्ने एमालेको निर्णय

    काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फिर्ता लिएको छ ।

    बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

    पार्टी एकता कायम राख्न त्यस्तो निर्णय गरेको एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिए ।

    त्यस्तै बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - ११:३२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij