२०८२ मंसिर २१ गते आइतवार
काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेताहरु छलफलमा जुटेका छन् । आईतवार दिउँसो पेरिस डाँडास्थित पूर्व नेकपा (माओवादी केन्द्र) को कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् ।
बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव नेपाल, वामदेव गौतम, भीम रावल, अग्निप्रसाद सापकोटा, महिन्द्रराय यादव, नन्दबहादुर पुन लगायतका नेताहरुको उपस्थिति रहेको छ । बैठकले नपाली कम्युनिष्ट पार्टीको भावी कार्यक्रम तय गर्नेछ ।
बैठकले प्रदेश-प्रदेशमा एकता सन्देश कार्यक्रम गर्न स्थान र समय तय गर्नेबारे पनि छलफल चलिरहेको दाहालको सचिवालयले जनाएको छ ।




© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij