Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

बालुवाटारमा शेखर समूहको छुट्टै भेला

बालुवाटारमा शेखर समूहको छुट्टै भेला


  • 169
    Shares

    बालुवाटारमा शेखर समूहको छुट्टै भेला

     काठमाडौं । नेपाली कांग्रेसका डा. शेखर कोइराला समूहको भेला जारी छ। बालुवाटारको ओपेरा होटेलमा अहिले शेखर समूहको बैठक जारी छ।

    पूर्वसभापति शेरबहादुर देउवा समूहको भेलामा सहभागी नभएका कोइरालाले आज बेग्लै भेला राखेका हुन्। भेलामा कोइरालासहित धनराज गुरुङ, जीवन परियार, बन्द्री पाण्डेलगायत नेताहरु सहभागी छन्।

    इतर समूहका नेता पूर्णबहादुर खड्काले राखेको देउवा समूहको भेला हिजो सकिएको थियो। नेता कोइरालाले आज बागमती प्रदेशका नेताहरूसँग बेग्लै छलफल गरिरहेका छन्।

    छलफलमा कोइराला निकट पूर्वकेन्द्रीय सदस्य, संसद् पूर्वसांसद, प्रदेश सांसद तथा बागमती प्रदेश कार्यसमितिका पदाधिकारीलगायत सहभागी छन्।

    सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सभापति गगन थापालाई दिएपछि थप रणनीति बनाउन आफूनिकट नेताहरूसँग छलफल थालेका हुन्।

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १३:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij