Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नयाँ सरकार गठन गर्ने समयसीमा सकिने दिन बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी

नयाँ सरकार गठन गर्ने समयसीमा सकिने दिन बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी


  • 5.3K
    Shares

    नयाँ सरकार गठन गर्ने समयसीमा सकिने दिन बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी

    काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन् । असन्तुष्ट झलनाथ खनाल माधव नेपाल पक्षका सांसदहरुको राजीनामा रोक्न अन्तिम प्रयास कसरी गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको ओली निकट एक स्थायी समिति सदस्यले जानकारी दिए । 

    उनका अनुसार खनाल नेपाल पक्षका सांसदहरुको राजीनामा रोक्न आज अन्तिम प्रयास गरिनेछ । बैठक बालुवाटारमा सुरु भएको नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार बैठकको एजेन्डाबारे त्यही छलफल हुने भएपनि केही महत्वपुर्ण निर्णय हुनसक्ने अपेक्षा आफुले गरेको बताए । 

    ‘एमालेको आन्तरिक जीवनमा केही महत्वपुर्ण निर्णय हुन्छ कि भन्ने मलाई लागेको छ’, नेम्वाङले भने, ‘हामी अत्यन्तै संवेदनशील मोडमा छौ ।’ 

    यसैबीच ओली समूहका नेता तथा अर्थमन्त्री विष्णु पौडेल नेता नेपालसँग छलफल गर्न आज बिहानै नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वर पुगेर पौडेलले राजीनामा नदिन आग्रह गरेको बुझिएको छ । 

    प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ ।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १०:४६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij