Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

एसवाई प्यानलको आइपीओ बाँडफाँट, यी माध्यमबाट हेर्नुहोस् नतिजा

एसवाई प्यानलको आइपीओ बाँडफाँट, यी माध्यमबाट हेर्नुहोस् नतिजा


  • 1.0K
    Shares

    एसवाई प्यानलको आइपीओ बाँडफाँट, यी माध्यमबाट हेर्नुहोस् नतिजा

    काठमाडौं । एसवाई प्यानल नेपालको आइपीओ आज बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज यो कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो।

    कम्पनीको ४० लाख ७६ हजार १५६ कित्ता आइपीओ गत कात्तिक १९ गतेदेखि कात्तिक २३ गतेसम्म बिक्री खुला गरिएको थियो। २० लाख ८७ हजार ३२० आवेदकबाट माग भएको २ करोड ३१ लाख ७८ हजार ४७० कित्ता सदर भएको थियो भने १८ हजार ५४ आवेदकबाट माग भएको २ लाख २८ हजार ६५० कित्ता बदर भएको थियो।

    मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ४ लाख ७ हजार ६१५ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने तिनैमध्ये ६ जनाले थप १-१ कित्ता शेयर पाएका छन्। सदर आवेदकमध्ये १६ लाख ७९ हजार ७०५ आवेदकको हात खाली भएको छ।

    नतिजा सीडीएससको मेरो शेयर तथा https://meroshare.cdsc.com.np/#/login र प्रभु क्यापिटलको वेबसाइटमा हेर्न सकिनेछ।

     

    images
    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १४:११:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij