Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नयाँ सरकार बनाउन विपक्षी गठबन्धनले बुझाए बहुमत दावीसहितको पत्र (पत्रसहित)

नयाँ सरकार बनाउन विपक्षी गठबन्धनले बुझाए बहुमत दावीसहितको पत्र (पत्रसहित)


  • 6.4K
    Shares

    नयाँ सरकार बनाउन विपक्षी गठबन्धनले बुझाए बहुमत दावीसहितको पत्र (पत्रसहित)

    काठमाडौं । चार दलले नयाँ सरकार गठनको दावी गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले पत्र बुझाएका हुन् । 

    प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुख सीता पौडेल समक्ष बुझाएको माओवादी केन्द्रका सांसद रामजी बरालले बताए । 

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनु अगाडि नै राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी दलसहितको सरकार गठनका लागि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् ।

    सरकार गठनको लागि ३१ जनाको हस्ताक्षर आवश्यक पर्छ । एक जनाको हस्ताक्षर नपुगेर अन्योलमा रहेको गठबन्धनले राजमोका सांसद कृष्ण थापालाई कारबाही गरेपछि संख्या पुगेको दवी सहितपत्र बुझाएको अनुमान गरिएको छ । गठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवार कृष्ण चन्द्र नेपाली पोखरेल रहेका छन् ।

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १६:३०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij