Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

शेयर बजारमा २० अंकको गिरावट, पाैने ४ अर्बमा खुम्चियाे काराेबार

शेयर बजारमा २० अंकको गिरावट, पाैने ४ अर्बमा खुम्चियाे काराेबार


  • 1.2K
    Shares

    शेयर बजारमा २० अंकको गिरावट, पाैने ४ अर्बमा खुम्चियाे काराेबार

    काठमाडौं ।  साताको चौथौं कारोबारको दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २०.५६ अंकले घटेर २,५४४ को विन्दुमा कायम भएको छ ।

    आज ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२१ कम्पनीको ८४ लाख ४ हजार ६१६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८४ करोडको शेयर कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।

    आज सबेभन्दा धेरै एनआरएन कम्पनिको ४० करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने साहस ऊर्जाको १४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    26.JPG

    images
    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - १५:१९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij