Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

ओलीसँगको भेटवार्ता पछि महन्थ र राजेन्द्र पुगे शीतल निवास

ओलीसँगको भेटवार्ता पछि महन्थ र राजेन्द्र पुगे शीतल निवास


  • 6.3K
    Shares

    ओलीसँगको भेटवार्ता पछि महन्थ र राजेन्द्र पुगे शीतल निवास

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो शीतल निवास पुगेका छन्।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओलीसँग भेट गरेर महन्थ र राजेन्द्र शीतल निवास पुगेका हुन्। शीतल निवासमा नयाँ सरकार गठन र जसपाको भूमिकाका विषयमा छलफल हुने बुझिएको छ।

    प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान धारा ७६ (२) अनुसार गठबन्धन सरकारका लागि आह्वान गरेकी छन्। राष्ट्रपतिले दिएको समयसीमा भोलि सकिँदैछ।

    जसपाको महन्थ र राजेन्द्र समूहले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनाउन भइरहेको गठबन्धनमा संलग्न नहुने घोषणासँगै गठबन्धन सरकार नबन्ने सम्भावना बढेको छ। यस्तो बेला राष्ट्रपतिसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

    जसपा नेताहरुका अनुसार बालुवाटरमा प्रधानमन्त्री ओलीसँग मधेश मुद्दा सम्‍बोधनबारे कुराकानी भएको थियो। रेशम चौधरीको रिहाइ तथा मुद्दा फिर्ताका सम्बन्धमा अहिले अदालत बन्द छ, खुलेपछि पहल गर्छु भन्ने आश्वासन ओलीले दिएका छन्।

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १४:२६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij