Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा, आजै नयाँ नियुक्ति

कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा, आजै नयाँ नियुक्ति


  • 4.4K
    Shares

    कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा, आजै नयाँ नियुक्ति

    सुर्खेत । कर्णाली मन्त्रिपरिषदमा दुई जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन् ।

    मन्त्रीहरुको बुधबार नै सपथ हुने स्रोतको भनाइ छ । स्रोतका अनुसार विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

    हालका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले राजीनामा दिने सहमति भएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १४:०३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij