२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सागर डिस्टिलरीको शेयर आगामि आइतबारबाट कारोबारमा आउने भएको छ।
सागर डिस्टिलरीको शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार आउँछ। तर, भोलि शुक्रबार शेयर कारोबार नहुने भएकोले यो कम्पनीको शेयर आइतबारबाट कारोबारमा आउने भएको हो।
नेप्सेमा सागर डिस्टिलरीको ७२ लाख ६० हजार कित्ता शेयर सुचीकृत भएको छ। जसमा संस्थापकको ५८ लाख ८ हजार (८० प्रतिशत) र सर्वसाधारणको १४ लाख ५२ हजार (२० प्रतिशत) रहेको छ।
पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम प्रतिकित्ता १०६.५२ रुपैयाँ र अधिकतममा ३१९.५६ रुपैयाँ तोकेको छ। आइतबारबाट प्रि-ओपन सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij