Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

राष्ट्र बैंकले २ अर्ब ६० करोड मुद्धति निक्षेपमा लगानी गर्दै, प्रस्ताव पेस गर्न आह्वान

राष्ट्र बैंकले २ अर्ब ६० करोड मुद्धति निक्षेपमा लगानी गर्दै, प्रस्ताव पेस गर्न आह्वान


  • 337
    Shares

    राष्ट्र बैंकले २ अर्ब ६० करोड मुद्धति निक्षेपमा लगानी गर्दै,  प्रस्ताव पेस गर्न आह्वान
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो कोषमा रहेको २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूसँग ब्याजदरसहितको प्रस्ताव आह्वान गरेको हो ।

    सूचना अनुसार यो लगानी ३६६ दिन (२०८२ मंसिर २४ देखि २०८३ मंसिर २४ सम्म) का लागि हुने भएको छ भने कुल लगानी रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि सबैभन्दा धेरै २ अर्ब ८ करोड रुपैयाँ छुट्याइएको छ ।

    त्यसैगरी , ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरूका लागि ३९ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि १३ करोड रुपैयाँ लगानी गरिने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम र त्यसमा प्रस्ताव गर्ने ब्याजदर खुलाई २०८२ कात्तिक १८ गते साँझ ७ बजेभित्र प्रस्ताव पेस गर्न सक्ने छन् ।

     

     

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - १४:१७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij